दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ « Khabarhub

दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – दाइजो नल्याएको भन्दै वुवारीलाइ सारिरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका वस्ने उन्की बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् ।

त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उन्लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

११ चैत्र २०७८ मा रामगोपालपुर विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजोकोरुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

यस्का वावजुत पनि विवाह भएको ८ महिनापछी पंकज लगायत उन्को घरपरिवारले नेहालाइ घरनिकाला गरिदिएपछी उन्ले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन् । श्रीमान् पंकज र उन्का वुवा राम प्रवेशलाइ अदालतले पुर्पक्षको लागी जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए ।

प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरि उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।

छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही पकृतिको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरि कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारिमा राहत महसुस भएको छ । दाइजोकै कारण सारिरिक र मानसिक यातना भोगीरहेका महिलाहरुले यो घटना बाहिर आएपछी सशक्त प्रतिवाद गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ५६ बजे

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन