दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ « Khabarhub

दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – दाइजो नल्याएको भन्दै वुवारीलाइ सारिरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका वस्ने उन्की बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् ।

त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उन्लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

११ चैत्र २०७८ मा रामगोपालपुर विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजोकोरुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

यस्का वावजुत पनि विवाह भएको ८ महिनापछी पंकज लगायत उन्को घरपरिवारले नेहालाइ घरनिकाला गरिदिएपछी उन्ले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन् । श्रीमान् पंकज र उन्का वुवा राम प्रवेशलाइ अदालतले पुर्पक्षको लागी जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए ।

प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरि उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।

छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही पकृतिको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरि कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारिमा राहत महसुस भएको छ । दाइजोकै कारण सारिरिक र मानसिक यातना भोगीरहेका महिलाहरुले यो घटना बाहिर आएपछी सशक्त प्रतिवाद गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ५६ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा