मुम्बईको पहिलो जित, दिल्लीको चौथो हार « Khabarhub

मुम्बईको पहिलो जित, दिल्लीको चौथो हार


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।

अरुण जेट्ली रंगशालामा गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो। लिगमा दिल्लीको यो लगातार चौथो हार हो। दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । तिलक वर्माले ४१, इशान किसनले ३१, क्यामेरोन ग्रीनले १७ र टिम डेविडले १३ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९ दमलव ४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो।

तेस्रो खेलमा पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ लिगको आठौं स्थानमा रहेको छ भने चार खेलमा अंकबिहिन दिल्ली पुछारमा छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ५९ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने