संकटमा परम्परागत प्रविधि « Khabarhub

संकटमा परम्परागत प्रविधि


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

घोराही– केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहुँ, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्थिन् । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्नुहुन्थ्यो । 

तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा गाउँघरमा विद्युत् पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पीठो पिस्न मिल स्थापना भएदेखि ढिकी तथा जाँतो देखिन छोडेको डाँगी बताउँछिन्। ‘पहिले घरमै कुट्न ढिकी र पीठो पिस्न जाँतो थियो । तर अहिले छैनन्’, उनले भनिन्, ‘अहिले धान कुट्नेदेखि पिसाउनेसम्म प्रायः काम मिलमै गर्ने गरेका छौँ ।’ आफ्नो घरसँगै गाउँका प्रत्येक जसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनी बताउँछिन् ।

विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै ढिकी र जाँतो हुने गरेकोमा अहिले ती सामग्री हराएको घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी खिमा घर्तीमगरले बताइन् । भौगोलिक रुपमा विकट र बत्ती पुग्न नसकेका गाउँमा अहिले पनि ढिकी तथा जाँताको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँहरुमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो हराइसकेको घर्तीमगर बताउँछिन् । ‘पहिले गाउँका सबैजसो घरमा ढिकी र जाँतो हुन्थ्यो । त्यसमै कुटानी तथा पिस्ने काम हुन्थ्यो’, घर्तीमगरले भनिन्, ‘ढिकीमा कुटेको र जाँतोमा पिसेको खाद्यान्न सामग्री पोसिलो अनि स्वादिलो पनि हुन्थ्यो ।’ सजिलोसँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतोको प्रयोगलाई लोप हुने अवस्थामा पुर्‍याएको स्थानीय बताउँछन् ।

परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतो संरक्षण गर्न सके ती सामग्रीको संरक्षणसँगै अत्यावश्यक वस्तु कुटाउन तथा पिस्न काम लाग्ने घोराही उपमहानगरपालिका–१३ निवासी अमृत घर्तीमगरले बताए । ‘मानिसहरुले काममा सुविधा खोज्दै जाँदा हाम्रा परम्परागत सामग्री ढिकी, जाँतोसँगै चिउरी पेल्ने कोल पनि लोप हुने अवस्थामा पुगेका छन्’, उनले भने, ‘यी सामग्रीको संरक्षण हुन आवश्यक छ ।’ 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : ३८ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता