संसद् विघटन ठिक भन्ने ओलीसँग एकता हुँदैन : माधव नेपाल « Khabarhub

संसद् विघटन ठिक भन्ने ओलीसँग एकता हुँदैन : माधव नेपाल


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग उनले ओली संसद् विघटन गरेरै मध्यावधि चुनावमा जाने दाउमा रहेको भन्दै त्यसो हुन नदिने बताएका हुन् । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए।

नेता नेपालले ओलीप्रति लक्षित गर्दै भने, “एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिन्छ। मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ। त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ।”

नेपालले मन र विचार मिल्नेहरुसँग एकताका लागि वहस र छलफल गर्न तयार रहे पनि एमालेसँग भने एकता सम्भव नरहेको बताए। उपाध्यक्ष मुकुन्द न्यौपानेलगायतका नेताहरुले पार्टी छाडेको बारे केही फरक नपर्ने बताए । ‘पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रक्रिया हो ।’ उनले भने।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : ४४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित