कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक | Khabarhub Khabarhub

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका  झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

‘नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौं’, उनले भने, ‘यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौंँ ।’ उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो । 

चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए। नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ थियो । ‘प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र  जफत गर्छौँ,’ उनले भने, ‘त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ ।’

प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ । प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर ५० हजारसम्म जरिवाना हुनेछ । 

जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जाहेर गरेका छन् । सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । 

जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो । प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए । ‘अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रयाेग गर्न सकिन्छ’, उनले भने। 

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता नै जागरुक हुनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ४५ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्

काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने