राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस् « Khabarhub

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्न सुझाव दिएका छन् ।

सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले शुक्रबार राजा खोजेर समय बर्बाद नगर्न राजावादीलाई सुझाव दिएका हुन् । 

‘तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु ? राजा–राजा भन्या छ, अब निद्रा नि नपर्ला जस्तो भइसक्यो,’ सांसद बाँस्कोटाले भने, ‘आउँदैन हजुर त्यो । त्यतातिर कोसिसै नगर्नुस् । यो पनि समयको बर्बादी हो के । त्यता नजाऔँ ।’   

उनले राजसंस्थाको वकालत गर्दै आएको प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आगामी निर्वाचनमा बहुमत ल्याउने कोसिस गर्न पनि सुझाव दिए । 

‘यहाँ केही साथीहरू व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ । सरकार संविधान नै संशोधन गर्छु भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ?,’ सांसद बाँस्कोटाले प्रश्न गर्दै सुझाए, ‘अब यहीँ भित्रबाट पुग्छ दुईतिहाइ ? पुग्दैन होला । अर्को चुनावमा कोसिस गर्नुहोस्, बहुमत ल्याउनुहोस ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : १० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर