अमेरिका र कोरिया पठाइदिन्छु भनी करोडौँ ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

अमेरिका र कोरिया पठाइदिन्छु भनी करोडौँ ठगी गर्ने व्यक्ति पक्राउ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी करोडौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं १४ स्थायी घर भएका हाल कपन बस्ने ४२ वर्षीय पवन राणालाइ बुधबार प्रहरिले पक्राउ गरेकाे हाे ।

उनी सयौँ जनालाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन्छु भनी प्रलोभनमा पारेर करोडौँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

उनलाई पक्राउ गरी उपस्थित गराइदिनु भनी वैदेशिक रोजगार विभागले पत्राचार गरेकाे आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ४ : ०६ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय