अमेरिका र कोरिया पठाइदिन्छु भनी करोडौँ ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

अमेरिका र कोरिया पठाइदिन्छु भनी करोडौँ ठगी गर्ने व्यक्ति पक्राउ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी करोडौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं १४ स्थायी घर भएका हाल कपन बस्ने ४२ वर्षीय पवन राणालाइ बुधबार प्रहरिले पक्राउ गरेकाे हाे ।

उनी सयौँ जनालाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन्छु भनी प्रलोभनमा पारेर करोडौँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

उनलाई पक्राउ गरी उपस्थित गराइदिनु भनी वैदेशिक रोजगार विभागले पत्राचार गरेकाे आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ४ : ०६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६