राज्य संयन्त्रको नेतृत्वमा पुगेका सबैलाई जेल हाल्नुपर्छ | Khabarhub Khabarhub

राज्य संयन्त्रको नेतृत्वमा पुगेका सबैलाई जेल हाल्नुपर्छ

‘धेरै भ्रष्टाचारका मुद्दा अदालतमा गएर किनारा लागेका छन्’


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेता पक्राउ पर्न थालेपछि सार्वजनिक खपतका निमित्त युवा नेताले एउटा कुरा गर्ने र शीर्ष नेता भित्रभित्रै प्रकरणलाई अघिल्ला भ्रष्टाचारका प्रकरण जस्तै फासफुस बनाउने काममा लागि रहेका छन्। शीर्ष नेताको बालुवाटार दौडधुपले त्यसको संकेतसमेत गरेको छ। भ्रष्टाचार भनेको जघन्य अपराध हो। जसले भित्रभित्रै देशलाई खोक्रो बनाउने गर्छ। जनताको निमित्त राजनीति गर्छु भनेका राजनीतिक दलले भ्रष्टाचारी जोगाउनको निमित्त किन मरिहत्ते गर्छन्? यस विषयमा आधारित भएर विश्लेषक एस के तिमिल्सिनासँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

देशमा कस्तो खालको सामाजिक मनोविज्ञान चलिरहेको छ ?
जता हेरे पनि भ्रष्टाचार छ। यो नेपाल र नेपाली जनताको लागि बिडम्बना र दुर्भाग्य हो। एउटा अपच तथा असुहाउँदो पक्ष हो। पञ्चायत बेठिक भएपछि बहुदल आयो। बहुदलीय परिपार्टीका यी राजनीतिक दल ३० वर्षदेखि सत्तासीन भएका छन्। उनीहरूको धन्दा नै भ्रष्टाचार गर्ने, अपराध गर्ने भएको छ। उनीहरूले मूल रूपमा राजद्रोह, देशद्रोह गरेका छन्। उनीहरूले पटकपटक राष्ट्रघाती काम गरेका छन्। हामी नेपाली नागरिक पटकपटक ठगिएका छौँ। हाम्रा प्रतिनिधिबाट हामी लुटिएका छौँ।

भ्रष्टाचारी नेताहरू खुलेआम घुमिरहने अवस्था किन सिर्जना भएको हो ?
कानुन कडाई नभएको कारण अपराध बढेको छ। अहिले भुटानी शरणार्थी प्रकरण चर्चामा छ। यो विषय मात्र होइन पटकपटक अपराध भएका छन्। यसमा संलग्न राजनीतिक दलको नेता, मन्त्री मात्र होइन सर्वोच्च अदालतका न्यायाधीश अपराधमा संलग्न भएका छन्। अहिलेको प्रचलित नेपालको कानुन बमोजिम तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ बमोजिम कारबाही गर्ने हो भने अहिलेका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की जेल जानुपर्छ। उहाँको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पूर्व प्रधानन्यायाधीश कल्यान श्रेष्ठले जेल जानुपर्छ। प्रधान न्यायाधीश सुशीला कार्कीले जेल जानुपर्छ। नेता, कर्मचारी कोही चोखो छैन। अहिलेका मुद्दा अदालतमा गएर किनारा लाग्ने भएका छन्। राज्य संयन्त्रमा रहने सबै मानिस जेलमा रहनुपर्ने अवस्था आएको छ। यो नेपाली नागरिकले बुझ्नुपर्छ।

सबै जेलमा बस्नुपर्छ भन्नुको कारण कसैले राम्रो काम गरेका छैनन् भन्ने हो ?
सबैले राम्रो काम गरेको भए यो देशको स्थिति यस्तो हुने नै थिएन। खासमा नेताको धन्दा भनेको त रातो पासपोर्टदेखि यसको कनेक्सन जोडिन्छ। राजनीतिक प्रणालीको धन्दा मानव बेचबिखनसम्म जोडिएको छ। नक्कली शरणार्थीको कुरा कसरी भन्न सकेको हो। खाडीमा पठाएको छ। त्यहाँसमेत युवा बेचिएकै हुन्। हरेक पक्षमा जनता बेचिएका छन्। देशको अवस्था राम्रो बनाएको भए जनता खाडी मुलुकमा होमिनुपर्ने अवस्थाको सिर्जना हुने नै थिएन।

जेल जानुपर्ने गरी नेताले के गरेका छन् ?
अख्तियारमा उजुरी छ। ललिता निवास र बालुवाटार प्रकरणका उजुरी छन्। ती फाइल खोलेर हेर्दा हुन्छ। यो भ्रष्टाचार मात्र होइन। ठगी, संगठित अपराध र मानव बेचबिखन हो। माधव नेपाल, बाबुराम भट्टराई मात्र होइन अहिले केही दिन अगाडि संवैधानिक परिषदले जसलाई प्रधानन्यायाधीश सिफारिस गर्यो उनी पनि चोखा छैनन्। अहिलेको कामु न्यायाधीश हरिकृष्ण कार्की पनि जेलमा जानुपर्छ। फाइल खोलेर हेर्दा थाहा हुन्छ। त्यसपछि क–कसको बास जेलमा हुन्छ भनेर थाहा हुन्छ।

त्यस्ता फाइल खोल्ने कसले ?
मूल प्रश्न यही हो। कायपालिका अस्थिर छ। छोटो अवधिमा रहने कार्यकर्ताले नै भ्रष्टाचार गरेका छन्। यसमा रहने सांसदले नै लामो हात गर्ने खालको प्रवृत्ति रहेको छ। मन्त्री हुने प्रणाली नै विकास गर्नुपर्ने हुन्छ। यहाँ आमूल परिवर्तन गर्नुपर्ने अवस्था छ। आमूल परिवर्तनमा धमिरा लागि सक्यो खोक्रो भइसक्यो। कति बेला ढल्ने हो थाहा छैन। आमूल परिवर्तनको आवश्यकता छ। प्रणालीमा परिवर्तन गर्नुपर्छ। समस्या न्याय पालिकामा पनि रहेको छ। न्यायपालिकाको संरचनामा पनि सुधार गर्नुपर्छ। त्यो संरचना भनेको न्यायाधीशमा कार्यकर्ता भर्ती गर्ने र संवैधानिक अङ्गमा पार्टीका कार्यकर्ता भर्ती गर्ने यो संरचनामा परिवर्तन गर्नु अति जरुरी छ।

राम्रो कामको लागि पनि सार्वभौमिक कार्य स्वीकार्य छैन ?
जे गर्नुपर्छ नेपालको राजनीतिले नै गर्नुपर्छ। विदेशी मुलुकले यहाँ कारबाही गर्ने होइन। आफ्नै देशले कारबाही गर्न सक्नु एउटा दक्षता हो। कारबाही भएको छ। तर विदेशी शक्तिको इसारामा गरेको कामलाई म न्याय मान्दिन। सार्वभौमसत्ता भएको मुलुकमा त्यो कारबाही चलाउन आपत्ति जनक नै रहेको छ। जे गर्नुपर्छ नेपालको राजनीतिक तथा यहाँका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने यही भित्रका राज्य संयन्त्रले गर्नुपर्छ। यहीको प्रहरी प्रशासनले गर्नुपर्छ।

प्रजातन्त्र आउँदै गर्दा राणाहरू जेल गए, बहुदलीय व्यवस्था आउँदै गर्दा पञ्च जेल गए। लोकतन्त्र गणतन्त्र आउँदै गर्दा त्यसमा रहेका भष्टाचारी जेल गएका छन्। तर किन भ्रष्टाचार बढ्दै गयो ?
यसमा कुनै बिमति छैन। देशका सबै पूर्व प्रधानमन्त्री, राष्ट्रपति, पूर्व न्यायाधीश क्रमश मानव तस्कर र संगठित मानव अपराधमा संलगन भएको देखिएको छ। तर उनीहरु नेपालमा अहिलेसम्म जोगिए। यिनीहरू सधैँ जोगिन्छ भनेर कसले ग्यारेन्टी लिन सक्दैन। नेपालमा कानुनको शासन हुन्छ भने त्यो कारबाही हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ०७ बजे

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग

मन्त्रिपरिषदले पारित गर्‍याे नीति तथा कार्यक्रम

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी