चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ « Khabarhub

चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चौतारा – वर्षमा नौ महिना चौँरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन् ।

हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौँरीपालन हो । चौँरीको दूध र छुर्पी बेचेरे नै यहाँका किसानले गुजारा चलाउँदै आएका छन् । खासगरी जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिमाली भेगका किसान चौँरीपालन गर्दै आएका छन् । जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि चौँरीपालन गर्न बाध्य भएको जुगल गाउँपालिका दिपुका म्ङिमालमू शेर्पा बताउँछन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको उनले गुनासो गरे ।

जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा सरकारले चौँरीपालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौँरीपालन गर्न तयार रहेको बताउँछन् । “अहिले त जीवन निर्वाहका लागि मात्र चौँरीपालन गर्दैछौँ”, उनले भने-“सरकारको साथ पाए व्यवसायिकरूपमै चौँरीपालन गर्न तयार छौँ ।” शेर्पा एक्लैले ४२ चौँरी पालेका छन् । खर्कमै जन्मेका उनी विगत ४० वर्षदेखि यही पेसामा छन् । खर्कमा चौँरी चराउनु, हेरचाह गुर्न, दूध र छुर्पीलाई बजार पु¥याउनु उहाँको दैनिकी बनेको छ । “आम्दानी त खासै छैन, यसबाट घर चलेको छ”, शेर्पाले भने ।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौँरीको लस्कर देख्न सकिन्छ । यहाँका किसान त्यही निमिल्हा हुँदै दोङजाङमा, चासीखर्क, ने–पेमाछाल हुँदै सामुद्री सतहबाट तीन हजार आठ सय मिटर उचाइमा अवस्थित जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म चौँरीगोठ सार्दै पुग्ने गर्छन् । कहिलेकाहीँ गोठमा चौँरीमात्र होइन, मान्छे पनि बिरामी हुने गर्छन् । त्यो समय यहाँ चौँरी र मान्छे दुवैको उपचार स्थानीय जडीबुटीबाटै हुने गर्छ ।

किसान म्हिमालमू शेर्पा भन्छन्,“सरकारले कृषि क्षेत्रमा काम गर्नेलाई अनुदान दिन्छ भनेर सुनेका छौँ, पाएका भने छैनौँ ।” उच्च भेगमा आम्दानीको मुख्य स्रोत चौँरीपालन पेसा अहिले व्यवसायभन्दा पनि बाध्यता मात्र बनेको छ । चौँरी, खर्क र आफ्नो परिवारको घेरानै पुस्तौँदेखि चौँरीपालन व्यवसाय गर्दै आएका किसानको दैनिकी हो ।

चौँरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी, घिउलगायतका परिकारको बजारमा अझै माग बढ्दो छ । एउटै गोठमा कम्तीमा पनि ३० भन्दा बढी चौरी पाल्ने गरेका किसानको उत्पादन लिन व्यापारी खर्क नै पुग्ने गर्छन् । किसानको उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीलाई आर्थिक फाइदा भए पनि चौँरीपालक किसान मारमा छन् । नालुङ शेर्पा आफूले ऋण गरेर चौँरी पालेको तर वर्षौँसम्म पनि ऋणमुक्त हुन नसकेको बताउँछन्।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने चौँरीपालक किसानलाई अनुदानका लागि सङ्घ र प्रदेश सरकारसँग पहल गरेको सुनाए । उनले पालिकाबाट पनि याक खरिदका लागि रु १० लाख विनियोजन गरेको जानकारी पनि दिए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ११ : १३ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।