प्रदेश सांसदकी छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर « Khabarhub

प्रदेश सांसदकी छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

उदयपुर – प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन् ।

बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो ।

अधिवक्ता तामाङले २०७७ असार २२ गते सो बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी रिहा भएका थिए । तर, बुधवार जिल्ला अदालत उदयपुरले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजलासले अधिवक्ता तामाङको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएका छन् । सोही दिन उनको सजाय तोकिनेछ ।

उनी माओवादीको तर्फबाट कोसी प्रदेशका लागि समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : १० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल