कर्णालीमा जलवायु परिवर्तनको असर कम गर्न अभियान  « Khabarhub

कर्णालीमा जलवायु परिवर्तनको असर कम गर्न अभियान 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ । 

पछिल्लो समय हिमालमा हिउँ पर्न छोडेको, समयमा वर्षा नहुने र त्यसको असर कृषि, खाद्यलगायत क्षेत्रमा परेर मानव अस्तित्वमा नै चुनौती थपिन थालेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले जलवायु परिवर्तनको असर न्यूनीकरणका गर्न प्रदेशभर नै अभियान सञ्चालन गरिने बताए।  त्यसका लागि विभिन्न विज्ञहरूसँग छलफल गरेर योजना निर्माण गरिने मन्त्री बिसीको भनाइ छ ।

उनले भने, ‘अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरबाट हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालमा हिउँ पर्न छोड्यो, पानीका मुहान सुक्न थाले, जलचर संकटमा छन् । त्यसैले यस विषयमा पनि विज्ञसँगको छलफल थालिएको छ । आगामी नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राखिनेछ ।’

सरकारले ठूलो सङ्ख्यामा वन पैदावारबाट हरित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । त्यसको कार्यान्वयन भने सुरु भइसकेको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  २ : ५७ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द