अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं २० स्थायी भएका ५६ वर्षीय ओम शाक्य रहेका छन् ।

उनले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र प्रतिष्ठित हाेटलमा मासिक दुई लाख सम्मको तबल हुने काम लगाइ दिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी १५ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई ठगि गरेकाे आराेपमा वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उक्त कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार कालीमाटीबाट पक्राउ गरेको हो ।

उनीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ४ : ०१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको