पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु « Khabarhub

पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बारा– जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँपालिका २ का नागेन्द्र महतो रहेका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २-३ -००१ च २४५२ नम्बरकाे पिकअपले ठक्करबाट दिँदा ५२ वर्षीय महतोको मृत्यु भएको हो । पिकअपले बसलाई ठक्कर दिँदा झ्यालबाट टाउको निकालेका महतोलाई गम्भीर चोट लागेको थियो । घटना लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना पथलैया-वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा घटना भएको हो । बस र पिकअपका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ५ : १८ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा