फरार रायमाझी खोज्‍न प्रहरीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज « Khabarhub

फरार रायमाझी खोज्‍न प्रहरीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद्‌ सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका निलम्बित सांसद् टोपबहादुर रायमाझीलाई खोज्न सीसीटीभी फुटेजको साहयता लिएको हो ।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद्‌ सचिवालयमा चिठ्ठी पठाएका थिए । रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।

संसद्‌ सचिवालयका एक कर्मचारीले भने  ‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद्‌ सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०५ बजे

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न

बाढीपछि पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्गतिर जान आग्रह (तस्बिरहरू)

काठमाडौं– रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण