फरार रायमाझी खोज्‍न प्रहरीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज « Khabarhub

फरार रायमाझी खोज्‍न प्रहरीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद्‌ सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका निलम्बित सांसद् टोपबहादुर रायमाझीलाई खोज्न सीसीटीभी फुटेजको साहयता लिएको हो ।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद्‌ सचिवालयमा चिठ्ठी पठाएका थिए । रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।

संसद्‌ सचिवालयका एक कर्मचारीले भने  ‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद्‌ सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना