लिबियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान « Khabarhub

लिबियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् ।

शान्ति सैनिक धेरै खटाउने मुलुकको सूचीमा अहिले नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : १३ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग