नक्कली शरणार्थी प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन  « Khabarhub

नक्कली शरणार्थी प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज विराटनगरमा प्रदर्शन गरेको छ ।

पार्टीको महानगर कमिटीद्वारा आज विराटनगर विरोध प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न निष्पक्षरूपमा कार्य अगाडि बढाउनुपर्ने विचार राखेका छन् । वक्ताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारबाहीप्रति जनताको साथ रहेको छ भन्दै सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेकामा प्रशंसा व्यक्त गरेका छन् ।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले नक्कली भूटानी शरणार्थी काण्डले गर्दा मुलुकको शिर विश्वका सामु निहुराउने लज्जास्पद घटना भएको बताए ।

कोणसभामा केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव नीलम ढुङ्गेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन भन्ने विचार राखे।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ०३ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा