नक्कली शरणार्थी प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन  « Khabarhub

नक्कली शरणार्थी प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज विराटनगरमा प्रदर्शन गरेको छ ।

पार्टीको महानगर कमिटीद्वारा आज विराटनगर विरोध प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न निष्पक्षरूपमा कार्य अगाडि बढाउनुपर्ने विचार राखेका छन् । वक्ताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारबाहीप्रति जनताको साथ रहेको छ भन्दै सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेकामा प्रशंसा व्यक्त गरेका छन् ।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले नक्कली भूटानी शरणार्थी काण्डले गर्दा मुलुकको शिर विश्वका सामु निहुराउने लज्जास्पद घटना भएको बताए ।

कोणसभामा केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव नीलम ढुङ्गेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन भन्ने विचार राखे।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ०३ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि