काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका बारेमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवन सिंहदरबारमा आज बसेको समितिको बैठकले बिहीबार अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरेकाे छ।
समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग छलफल गर्नेछ । यस्तै, प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग बिहीबार बयान हुने तालिका रहेको छ ।
कार्कीले समितिसमक्ष आफ्ना कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।
वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस कार्की विरुद्ध समितिलाई २९ वटा उजुरी परेका छन् ।
प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीले ६५ वर्षे उमेरहदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।
प्रतिक्रिया