नीति तथा कार्यक्रमभन्दा फरक बजेट आयो : अध्यक्ष नेपाल « Khabarhub

नीति तथा कार्यक्रमभन्दा फरक बजेट आयो : अध्यक्ष नेपाल


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको बताएका छन् ।

समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको र यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत जानकारी गराइएको बताए ।

जवाफमा प्रधानमन्त्रीले समयको अभावमा बजेटबारे छलफल अन्तक्रिया गर्न नपाएको र आगामी बजेटमा यसलाई ध्यान दिने भन्दै आश्वस्त तुल्याएको नेपालले बताए । उनले दलहरुबीच केही मतभेद हुनसक्ने भएपनि अहिले गठबन्धनको विकल्प नरहेको जिकिर गरे ।

अध्यक्ष नेपालले सत्ता बाहिरको गठबन्धनमा संविधानमा आघात पुराउने र संघीयतालाई समाप्त पार्न सक्ने शक्तिहरु रहेको रहेको भन्दै सत्ता गठबन्धन लोकतान्त्रिक गठबन्धन भएको जिकिर गरे ।

उनले एकता संघर्ष र नयाँ स्तरको एकताको मान्यताका साथ अघि बढिरहेको जिकिर गरे ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ५ : ०९ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ