प्रधानमन्त्री दाहालकी पत्नी सीताको अवस्था गम्भीर, नर्भिक अस्पतालमा उपचार हुँदै  « Khabarhub

प्रधानमन्त्री दाहालकी पत्नी सीताको अवस्था गम्भीर, नर्भिक अस्पतालमा उपचार हुँदै 


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

लामो समयदेखि अस्वस्थ उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अर्धअचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्यमा कुनै सुधार नआएको बताइएको छ ।

प्रधानमन्त्री दाहाललगायत माओवादी केन्द्रका मन्त्री तथा नेताहरू अहिले नर्भिक अस्पतालमा भेला भएका छन् । 

प्रधानमन्त्री पत्नी सीता लामो समयदेखि जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । चिकित्सकअनुसार यो पूर्ण रूपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

सीता दाहालको स्वास्थ्य अवस्थाबारे बिहान साढे ९ बजे नर्भिक अस्पतालले बुलेटिन जारी गरेर जानकारी दिने बताइएको छ । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : १६ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको