सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पेरिसडाँडामा राखिने « Khabarhub

सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पेरिसडाँडामा राखिने

आजै २ बजे दाहसंस्कार गरिने


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ । 

प्रधानमन्त्रीको सचिवालयकाअनुसार पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली पछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी ६९ वर्षीया सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी’ बाट लामो समयदेखि पीडित थिइन् ।

उनको अवस्था थप जटिल बनेपछि गएराति उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनलाई बिहान ८ बजे ‘कार्डियक अरेष्ट’ भएपछि ८ः३३ बजे निधन भएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ५७ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको