सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पेरिसडाँडामा राखिने « Khabarhub

सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पेरिसडाँडामा राखिने

आजै २ बजे दाहसंस्कार गरिने


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ । 

प्रधानमन्त्रीको सचिवालयकाअनुसार पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली पछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी ६९ वर्षीया सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी’ बाट लामो समयदेखि पीडित थिइन् ।

उनको अवस्था थप जटिल बनेपछि गएराति उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनलाई बिहान ८ बजे ‘कार्डियक अरेष्ट’ भएपछि ८ः३३ बजे निधन भएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ५७ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा