सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय पेरिसडाँडामा « Khabarhub

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय पेरिसडाँडामा

दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने माओवादी सचिवालयले जनाएको छ ।

यसअघि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नर्भिक अस्पताल परिसरमा राखिएको थियो । नर्भिकमा दलका शीर्ष नेताहरु, माओवादी केन्द्रका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुको ठूलो भीड लागेको थियो ।

स्वर्गीय दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ ।

हृदयघात भएपछि आज बिहान नर्भिकक अस्पताल लगिएकी सीताको उपचारकै क्रममा बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।

दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी०’ बाट लामो समयदेखि पीडित थिइन् ।

 

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : ३२ बजे

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न

बाढीपछि पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्गतिर जान आग्रह (तस्बिरहरू)

काठमाडौं– रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण