बालकको मृत्यु भएपछि मन्टेश्वरीका सञ्चालकसहित तीनजना पक्राउ | Khabarhub Khabarhub

बालकको मृत्यु भएपछि मन्टेश्वरीका सञ्चालकसहित तीनजना पक्राउ


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

झापा– सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षीय तान्छोपहाङ लिम्बूको सेप्टिक ट्याङ्कीमा डुबेर मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–११ का मनोज गुरुङ, रमा सुनार र मेचीनगर–१० की अनिसा पोखरेल छन् ।

मन्टेश्वरीका सञ्चालक काठमाडौँ–३१ निवासी सुरेन रसाइली भने फरार रहेको प्रहरीले जनाएको छ ।

मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन् ।

सेप्टिक ट्याङ्कीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएको थियो । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए ।

गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेल संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए । बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १२ : २२ बजे

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमााडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भुटानका

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका