चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लङ्घनको आरोप « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लङ्घनको आरोप


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) माथि  मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीले विशेष गरी सिन्जियाङ प्रान्तका उइगुर मुसलमानविरुद्ध जातीय नरसंहारको तयारी गरिरहेको र हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप लाग्ने गरेको छ । यसबाहेक चीनले आफ्ना दमनकारी नीतिलाई विदेशी भूमिमा पनि लागू गर्ने गरेको बताइएको छ ।

आफ्नो शक्तिलाई कायम राख्न कम्युनिष्ट पार्टीले यस्ता दमनकारी नीति लागू गर्ने गरेको र यसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेको विश्लेषकहरु बताउँछन् । हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’ मा लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने नीतिअनुरुप चीनले मानव अधिकारको हननजस्ता गतिविधि गर्दै आएको उल्लेख गरेका छन् ।

चीनले उइगुर र मुसलमान धर्म मान्नेहरुलाई अतिवादी भन्दै उनीहरुलाई नियन्त्रण गर्न निगरानी उपकरण र अन्य अधिनायकवादी नीति लागू गर्ने गरेको छ । हाल चीनले सिन्जियाङमा स्थापना गरेका बन्दीगृहमा दशौँ लाख उइगुर मुसलमान रहेको र त्यहाँका बन्दीहरुले यातना र मृत्युको समेत सामना गर्नुपरेको बताइएको छ ।

सिपिसीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तरराष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

उइगुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ०६ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.