रुकुम पश्चिममा इन्जिनियरमाथि आक्रमण « Khabarhub

रुकुम पश्चिममा इन्जिनियरमाथि आक्रमण


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका इन्जिनियर रमेश लम्सालमाथि आक्रमण भएको छ । उनीमाथि माओवादी केन्द्र निकट युवा संगठन वाईसिएलका जिल्ला संयोजक गोविन्द ओलीले हातपात गरेका हुन् ।

स्थानीय रंगशाला निर्माणको जिम्मा लिएका सानीभेरी–३ निवासी ओलीले योजनाको कम मूल्यांकन गरेको भन्दै बुधबार बिहान लम्सालमाथि हातपात गरेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश पूर्वाधार विकासअन्तर्गत रंगशाला निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएकोमध्ये ३६ लाख रुपैयाँ भुक्तानी भएको विषयलाई लिएर लम्सालमाथि आक्रमण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए ।

कर्मचारीमाथि हातपात तथा आक्रमण हुनु दुःखद् भन्दै गाउँपालिका अध्यक्ष वृखबहादुर विष्टले दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले आक्रमण गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएर सिम्ली प्रहरी चौकीमा राखेर अनुसन्धान थालिएको बताए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ५३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र