स्रोत नखुलेको रकमसहित एकजना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो ।

बा१२प १६३७ नम्बरको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको ६ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० रुपैयाँ बरामद गरेको हो ।

प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ११ : १६ बजे

विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थाले

काठमाडौं– खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय

छानबिन समितिमाथि नै रास्वपा र राप्रपाको शंका- भिजिट भिसा प्रकरणमा यसले न्याय दिन सक्दैन

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग

गृहमन्त्रीले बनाएको छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरण छानबिनका

‘लालीबजार’को पोस्टर : गर्भवती स्वस्तिमाले पोते र सिन्दुर नलगाउनुको अर्थ के ?

काठमाडौं – हिट श्रृङ्खला ‘जात्रा’ निर्माण गरेको ब्यानर षट्कोण आर्टस्को

विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन 

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुख तथा