देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू « Khabarhub

देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन् । २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताए । 

‘सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन’, मन्त्री लिम्बूले भने । देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नुपर्ने मन्त्री लिम्बूको भनाइ छ । ‘जुन रुपमा हामी अगाडि बढेका छौँ । युवालाई चित्त बुझेको छैन । युवाले खोजेको कुरा प्राप्त भएको छैन । नीति परिमार्जन गरेर युवालाई अवसर दिन चाहन्छ्’, उनले भने । युवालाई उद्यमशील बनाउनका लागि यो वर्षलाई सरकारले युवा उद्यमशीलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिए । युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले युवा जनशक्ति देशको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले शिक्षा, स्वास्थ्य र रोजगार युवा केन्द्रित गर्न सके देशको विकास हुने बताए ।

युवा मन्त्रालयका सचिव रविलाल पन्थले युवालाई सक्षम नबनाएसम्म देश नबन्ने बताए। रोजगारी र गन्तव्यको अनेक विकल्प भए पनि मातृभूमिको विकल्प नभएकाले युवालाई जिम्मेवार बनाउनुपर्ने बताए । 

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा उद्यमशीलता वर्षको रुपमा घोषणा गरेकाले युवालाई स्वदेशभित्र नै स्वरोजगार बनाइने बताए। उनले परिषद् युवाको नेतृत्वका विकास, युवाको सशक्तीकरण र उद्यमशीलताका क्षेत्रमा काम गर्न तयार रहेको बताए । 

परिषद्का सदस्य सजिना थापामगरले युवाका लागि बनेका नीति र संरचनालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए। मधेस प्रदेश युवा सञ्जालका अध्यक्ष मोहम्मद रइन रायनले मधेस प्रदेशका युवालाई जागरुक गराउनुको साथै आफ्नै प्रदेशमा रोजगारीका लागि काम गर्ने वातावरण तयार पार्नुपर्ने बताए ।  

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : ३४ बजे

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त