स्कटल्याण्डको एक विद्यालय जहाँ पढ्छन १४८ जुम्ल्याहा « Khabarhub

स्कटल्याण्डको एक विद्यालय जहाँ पढ्छन १४८ जुम्ल्याहा


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

स्कटल्याण्ड- जुम्ल्याहा बच्चाको जन्मदरका लागि स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा रहेको मानिन्छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने त्यहाँ धेरै जुम्ल्याहा बच्चा जन्मिन्छन् । त्यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका छन् ।

समाचार एजेन्सी पीएका अनुसार यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन् ।

स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयहरूमा १४८ भन्दा बढी जुम्ल्याहाहरू पढिरहेका छन् । यसपछि अब थप १७ जुम्ल्याहाले भर्ना लिएका छन् । जसका कारण इन्भरक्लाइड क्षेत्रमा जुम्ल्याहाको संख्या बढेको छ । इन्भरक्लाइड यस वर्ष जुम्ल्याहा प्रवेशको दोस्रो उच्च दर रेकर्ड गरेको छ ।

भर्नाको पहिलो दिन १५ जुम्ल्याहा बच्चाहरूले ड्रेस रिहर्सलको लागि ग्रीनकको सेन्ट प्याट्रिक प्राइमरीमा भाग लिएका थिए । सेन्ट प्याट्रिक स्कूल र अर्डगोवन प्राइमरी स्कूल सबैभन्दा ठूलो संख्यामा जुम्ल्याहा जोडीहरूलाई स्वागत गर्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यी प्रत्येक विद्यालयमा तीन जुम्ल्याहा बच्चाहरू पी वान कक्षाहरूमा सामेल हुनेछन् ।

प्रोभोस्ट ग्रीम ब्रुक्सले भने, ‘यो इनवरक्लाइडको लागि आफ्नो जुम्ल्याहालाई प्राथमिक कक्षामा स्वागत गर्ने वार्षिक परम्परा भएको छ ।’ आगामी साताबाट नयाँ सिजन सुरु हुनेमा उत्साहित रहेको उनले सुनाए । ‘यहाँ विद्यार्थीहरूलाई पोशाकमा हेर्न पाउनु साँच्चिकै राम्रो अनुभव हो । यो भन्दा राम्रो के हुन सक्छ ?’ उनले भने, ‘हामी भाग्यमानी छौं कि हामीसँग इन्भरक्लाइडमा धेरै स्कूलहरू छन् जहाँ जुम्ल्याहाहरू उपस्थित हुन्छन् ।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ५४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ