स्कटल्याण्डको एक विद्यालय जहाँ पढ्छन १४८ जुम्ल्याहा « Khabarhub

स्कटल्याण्डको एक विद्यालय जहाँ पढ्छन १४८ जुम्ल्याहा


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

स्कटल्याण्ड- जुम्ल्याहा बच्चाको जन्मदरका लागि स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा रहेको मानिन्छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने त्यहाँ धेरै जुम्ल्याहा बच्चा जन्मिन्छन् । त्यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका छन् ।

समाचार एजेन्सी पीएका अनुसार यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन् ।

स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयहरूमा १४८ भन्दा बढी जुम्ल्याहाहरू पढिरहेका छन् । यसपछि अब थप १७ जुम्ल्याहाले भर्ना लिएका छन् । जसका कारण इन्भरक्लाइड क्षेत्रमा जुम्ल्याहाको संख्या बढेको छ । इन्भरक्लाइड यस वर्ष जुम्ल्याहा प्रवेशको दोस्रो उच्च दर रेकर्ड गरेको छ ।

भर्नाको पहिलो दिन १५ जुम्ल्याहा बच्चाहरूले ड्रेस रिहर्सलको लागि ग्रीनकको सेन्ट प्याट्रिक प्राइमरीमा भाग लिएका थिए । सेन्ट प्याट्रिक स्कूल र अर्डगोवन प्राइमरी स्कूल सबैभन्दा ठूलो संख्यामा जुम्ल्याहा जोडीहरूलाई स्वागत गर्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यी प्रत्येक विद्यालयमा तीन जुम्ल्याहा बच्चाहरू पी वान कक्षाहरूमा सामेल हुनेछन् ।

प्रोभोस्ट ग्रीम ब्रुक्सले भने, ‘यो इनवरक्लाइडको लागि आफ्नो जुम्ल्याहालाई प्राथमिक कक्षामा स्वागत गर्ने वार्षिक परम्परा भएको छ ।’ आगामी साताबाट नयाँ सिजन सुरु हुनेमा उत्साहित रहेको उनले सुनाए । ‘यहाँ विद्यार्थीहरूलाई पोशाकमा हेर्न पाउनु साँच्चिकै राम्रो अनुभव हो । यो भन्दा राम्रो के हुन सक्छ ?’ उनले भने, ‘हामी भाग्यमानी छौं कि हामीसँग इन्भरक्लाइडमा धेरै स्कूलहरू छन् जहाँ जुम्ल्याहाहरू उपस्थित हुन्छन् ।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ५४ बजे

हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी

एजेन्सी– इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं– प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री