लमजुङ जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन पठाइयो « Khabarhub

लमजुङ जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन पठाइयो


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग१ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएकोमा १० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित एलाइभ हस्पिटलमा पठाइएको छ।

घाइतेमध्ये दुई जनाको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर चालक सुन्दरबजार नगरपालिका-९, बगैंचाका ३० वर्षीय पुरन गुरुङ र भानु नगरपालिका-८, तनहुँका २९ वर्षीया शान्ति तामाङको बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। 

राइनास नगरपालिका-९, बगुवाका ३७ वर्षीय झलक गुरुङ, भानु नगरपालिका-८ का ४९ वर्षीय शक्ति भन्ने सत्यबहादुर तामाङ, दूधपोखरी गाउँपालिका-४ घर भई हाल सुन्दरबजार नगरपालिका-७ साकाहलेका ६७ वर्षीय सन्तबहादुर तामाङ, सुन्दरबजार नगरपालिका-९, फेदीकुनाका ५० वर्षीय धनश्री तामाङ, भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ४० वर्षीय पञ्चमाया लामा, सुन्दरबजार नगरपालिका-९, फूलबारीका ३८ वर्षीय लालमाया तामाङ, फेदीकुनाका ४२ वर्षीय सुमन गुरुङ र भानु नगरपालिका-८ का ४५ वर्षीय मुना लामा रहेका छन्। 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : २१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील