दूतावासभित्र भएको घटनाले दुःखी बनाएको छ : राजदूत ढकाल | Khabarhub Khabarhub

दूतावासभित्र भएको घटनाले दुःखी बनाएको छ : राजदूत ढकाल


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अधिवेशनको क्रममा दूतावासभित्र भएको घटनाले आफूलाई दुःखी बनाएको भन्दै पीडितले न्याय पाउने र दोषी दण्डित हुनेमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली दूतावासमा नवनिर्वाचित एनसीसी कतारका प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रममा बोल्दै राजदूत ढकालले दूतावासभित्र भएको घटना भएकोले सबै कुरा आफ्नो हातमा मात्र नहुने भन्दै नेपाल सरकारबाट आउने निर्णयलाई आफूले मानेर अगाडि बढ्ने बताए ।

भेटमा एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले कार्यसमितिको विवरण र एनसीसीको ११ औं संशोधित विधान राजदूत ढकाललाई हस्तान्तरण गरेका थिए । सो क्रममा अध्यक्ष भट्टले पहिलो कार्यसमितिले गरेको निर्णयबारे जानकारी गराउँदै श्रमिक डेस्क सञ्चालनको लागि अनुमति दिन अनुरोध गरेका थियो ।

सो अवसरमा राजदूत ढकालले नवनिर्वाचित कार्यसमितिलाई बधाई सहित कार्यकालको शुभकामना व्यक्त गर्दै एनसीसी कतार संगको सहकार्यलाई निरन्तरता दिदै जाने बताए ।

उनले एनसीसीले पहिलो कार्यसमिति बैठकबाट केही सकारात्मक निर्णय भएको भन्दै श्रमिक डेस्क सन्चालनको लागि सल्लाह गरेर जानकारी दिने बताए । महाधिवेशनबाट बनेको छनबिन समितिको सन्दर्भमा बदमासी जोसुकैबाट भएको प्रमाणित भए कतार वा नेपालमा गएपनि कानूनअनुसार कारवाहीको भागिदार हुनुपर्ने बताए ।

भेटका क्रममा उनले दूतावासको नियमित काम संगै आफू ४६ वर्ष देखिको दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन लागेको बताए । उनले कतारका अमिरको नेपाल भ्रमण, सन् २००५ मा भएको श्रम सम्झौता परिमार्जन, दक्ष नेपाली कामदारलाई अवसर दिने र कतार सरकारबाट देखिने गरी नेपालमा परियोजना लैजाने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए ।

कतारको सरकारी निकायसँगको विभिन्न चरणमा भएका छलफल सकारात्मक रहेको भन्दै उनले छिट्टै श्रम सम्झौता नवीकरण, कतारका अमिरको नेपाल भ्रमणलगायतका विषय चाँडै टुंगिने विश्वास व्यक्त गरे ।

साथै, उनले कतारमा खासगरी निर्माण क्षेत्रमा अदक्ष कामदारको रूपमा धेरै नेपाली आएपनि अब दक्ष कामदारको कोटा बढाउन आफू प्रयासरत रहेको बताए ।

एनसीसी कतारका महासचिव रबिन मगरद्वारा सहजीकरण गरिएको भेटघाट कार्क्रममा एनसीसी कतारका तर्फबाट अध्यक्षको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, लेखा समितिका सदस्यहरु साथै नवनिर्वाचित आईसीसी सदस्यहरु र नेपाली दूतावासको तर्फबाट राजदूत ढकाल र प्रथम सचिव भुवन प्रसाद भट्टको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ३८ बजे

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०