दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति : प्रधानमन्त्री, सरकारले पाकिस्तानी राजनीति सुरु गरेको अध्यक्ष ओलीको आरोप, व्यवसायी राकेश अडुकियाका छोरा रोहन रिहा, कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी, श्रमिकहरूको न्यूनतम् ज्याला बढाउन एमालेको माग, शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनीलगायतका समाचारले प्रमुख स्थान पाए ।

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भिडियोमार्फत सम्बोधन गर्दै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताए ।

सरकारले पाकिस्तानी राजनीति सुरु गर्‍यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।

श्रमिकहरूको न्यूनतम् ज्याला बढाउन एमालेको माग

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन् ।

भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को दशौँ प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागू भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट तय हुन नसकेकामा दुःख व्यक्त गरे।

भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : भट्टराई

समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म देशमा भएका ठूला घोटालाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ललिता निवास प्रकरणलगायत अहिलेसम्मका सबै घोटालाहरुको छानवीनका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाईसमेत कारवाही गर्न सक्ने खालेको उच्चस्तरीय आयोग आवश्यक रहेको बताए बताएका हुन् ।

युवाले नै नेपालको रूपान्तरण गर्ने हो : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रूपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास र रूपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

‘युवाले नै नेपालको रूपान्तरण गर्ने हो ।

कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

संखुवासभा कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा मृतकका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।

सुन काण्डमा बोल्दा शर्मामाथि प्रतिशोध साँधियो : कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा उनीमाथी राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्।

शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने बताएका हुन् ।

व्यवसायी राकेश अडुकियाका छोरा रोहन रिहा

एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन्।

भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले हिजो पक्राउ गरेको थियो।

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औँ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनु पर्ने औँल्याए। स्व कार्कीले प्रजातन्त्र स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै महामन्त्री थापाले सामाजिक योगदानमा पनि कांग्रेस अगाडि बढ्नुपर्ने बताए।

शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल (क्रान्तिकारी) का प्रवक्ता उपदेश यादवले जानकारी दिए।

पार्टीनिकट खेलकुद संगठनलाई राखेपले समावेश गरेन, सरकारविरुद्ध संघर्ष गर्छौं

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीनिकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

मतदानमार्फत जनप्रतिनिधिको मूल्याङकन गर्दै जनमत पार्टी

जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिको अनुमोदन मुल्यांकन मतदान गर्न सुरु गरेको छ ।

उक्त कार्यका लागि स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले पार्टीको कार्डसहित मतदान गर्न सो पार्टीले आग्रह गरेको छ ।

माधव नेपालमाथी अदालतको आदेश संसयपुर्ण : मन्त्री भुसाल

एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा। बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन ।

पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ०० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य