एउटै तापक्रममा दूध उम्लिएर पोखिन्छ, पानी किन पोखिँदैन ? « Khabarhub

एउटै तापक्रममा दूध उम्लिएर पोखिन्छ, पानी किन पोखिँदैन ?


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

हामी सबैले याद गर्दै आएको कुरा हो एउटै तापमा दूध तताउन राख्दा उम्लिएर जान्छ तर पानी उम्लिएर जाँदैन । यो किन भएको होला भन्ने कौतूहल सबैलाई हुन सक्छ ।

आज हामी यसैका बारेमा जानकारी गराउँदै छौँ । के होला त यसको कारण ?

दूधमा फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र विभिन्न खालका खनिज हुन्छन् । यसका साथै दूधमा ८७ प्रतिशत पानी, ४ प्रतिशत प्रोटिन, ५ प्रतिशत ल्याक्टोज पाइने भएकाले बिरामी, बालक, युवा, वृद्धवृद्धा सबैका लागि उपयोगी मानिन्छ ।

दूध उम्लिएर पोखिनुको प्रमुख कारण भनेको दूधमा फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र खनिज पाइन्छ ।

ती तत्त्वहरू तातो हुने बित्तिकै दूध माथि तैरिन थाल्छन् । दूधमै भएको प्रोटिन र चिल्लो पदार्थसमेत अलग हुन्छन् । निकै सानो कणको रूपमा छुट्टिने हुँदा हामीले यो कुरा देख्दैनौँ ।

यसरी छुट्टिने क्रममा दूधमा भएको प्रोटिन र चिल्लो पदार्थ माथिल्लो भागमा भएर ढकनीको काम गर्छ भने दूधमा भएको पानी तल्लो भागमा बढी तात्दै जान्छ । त्यो पानी तातेपछि बाफको रूपमा बाहिर जान खोज्दा दूधमा भएको चिल्लो पदार्थले माथिबाट ढाक्छ (जसलाई हामी तर पनि भन्ने गर्छौँ) ।

यो क्रममा दूधमा रहेको पानीको आयातन बढ्दै जान्छ र यसले माथिल्लो भागलाई धकेल्दै लैजान्छ । यो प्रक्रिया बढ्दै जाँदा माथिल्लो पत्र भाँडो बाहिर निस्कने गर्छ र बाँकी भएको दूध भाँडोमा नै उम्लिरहन्छ ।

अब पानी चाहिँ किन उम्लिएर जाँदैन त ? पानीमा दूधमा जस्तो कुनै पनि खालको फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन हुँदैन जसको माध्यमबाट माथि पत्र बन्न पाउँदैन । यसरी पत्र नबनेपछि बाफलाई बाहिर निस्कने बाटो चाहिँदैन ।

उम्लिएको पानीमा बाफ निस्कनका लागि बाधा हुँदैन त्यसैले पानी भाँडोमा नै उम्लिरहन्छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन