नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छिन् ।

एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : २७ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड