नेम्वाङबारे ओलीले भने– ‘उपाध्यक्ष मात्र होइन, मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो’ « Khabarhub

नेम्वाङबारे ओलीले भने– ‘उपाध्यक्ष मात्र होइन, मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो’


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

हृदयघातका कारण गएराती निधन भएका नेम्वाङलाई ‘हितैषी मित्र’को रुपमा स्मरण गर्दै ओलीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले स्मरण गरेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले दिएको योगदान सधैँ सम्झिरहने छौ।’

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको जनाउँदै ओलीले भनेका छन्– ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली, उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी ।’ 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ४८ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,