नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, एक दिन सार्वजनिक बिदा « Khabarhub

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, एक दिन सार्वजनिक बिदा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । 

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । 

यस्तै, सरकारले नेम्वाङको दाहसंस्कारका दिन सार्वजनिक बिदा दिने भएको छ । नेम्वाङका छोराहरु विदेशमा रहेकाले नेपाल आएपछि जुनदिन अन्त्येष्टि हुन्छ सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भोलि एमाले मुख्यालय च्यासलमा राखिने छ ।

२०५१ सालमा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए। यस्तै, पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ११ : ०४ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या