परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान « Khabarhub

परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल हाल संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगको सदस्य छ । उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : ३९ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल