कञ्चनपुरमा डेङ्गी सङ्क्रमण बढ्दो « Khabarhub

कञ्चनपुरमा डेङ्गी सङ्क्रमण बढ्दो


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरमा केही सातायता डेङ्गी रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेङ्गी रोगका सङ्क्रमित भेटिएका छन् । यहाँ डेङ्गीको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो ।

बेलौरी नगरपालिकाका– २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, ‘जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण बढिरहेको देखिन्छ ।’ उनका अनुसार सबैभन्दा बढी डेङ्गी रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् । भीमदत्तका ८८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन् ।

‘ज्वरो, डेङ्गी, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रुपले बढी छ’, उनले भने, ‘बर्खामा पानी जम्ने र डेङ्गी सार्ने लाभा उत्पादन भएर रोग सार्छ ।’ डेङ्गी एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो ।

डेङ्गीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायत लक्षण देखिने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ४९ बजे

यातायात व्यवसायी महासंघको निर्वाचन बुधबार मात्रै हुने

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचन बुधबारलाई सरेको छ

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक  ‘ट्र्याकिङ’मा 

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको