दुर्गम बस्ती कुइनेमंगले विद्युतको पहुँचमा « Khabarhub

दुर्गम बस्ती कुइनेमंगले विद्युतको पहुँचमा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमंगलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो ।

एक्काइस घरधुरीको रहेको कुइनेमंगलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयवासी नरप्रसाद छन्त्यालले बताए। उनका अनुसार यसअघि चिमखोलाको बगरखोला लघुजलविद्युत्बाट विद्युत् सुविधा पुगेको भए पनि मलाङको भीषण पहिरोले बिजुलीका पोल बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले रघुगङ्गा गाउँपालिका–५ मूलपानीबाट मंगलेतर्फ केन्द्रीय विद्युत्को मुख्य लाइन विस्तार र ट्रान्सफर्मर जडान गरी घरघरमा मिटर बक्स जडान गरेपछि गाउँ उज्यालो बनेको छ ।

आर्थिक वर्ष २०७७-७८ बाट केन्द्रीय विद्युतीकरण विस्तार गर्ने योजना अघि बढेको र यसै साता यस क्षेत्रका ८७ घरमा मिटरबक्स जडान सकेर बिजुली बत्ती बाल्न सुरु भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाका प्राविधिक प्रमुख शिवराज पौडेलले जानकारी दिए। मुख्य लाइन र शाखा लाइनसँगै २५ केभिए र ५० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरेर यस क्षेत्रमा विद्युतीकरणको पहुँच विस्तार भएको उनले बताए।

सडकमार्ग हुँदै चिमखोला पुर्‍याइएको ट्रान्सफर्मरलाई मलाङमा गएको पहिरोले सडक अवरुद्ध भएपछि यहाँ निर्माणधीन जलविद्युत् आयोजनाको सुरुङमार्गबाट गौडामुनी पुर्‍याइएको थियो । गत वर्षसम्म म्याग्दीका ९३ प्रतिशत घरधुरीमा विद्युतीकरणको पहुँच पुगेको थियो । अहिलेसम्म जिल्लामा केन्द्रीय विद्युतीकरणको सुविधा लिएका ग्राहक सङ्ख्या कूल २२ हजार रहेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए।

म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न चालु आर्थिक वर्षका लागि २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको छ ।

बेनी वितरण शाखाले तयार गरेको लागत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय पोखराले चालु आवमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरेको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ५८ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र