कुवेतमा ४ हजार नेपाली महिला कामदार आन्दोलित | Khabarhub Khabarhub

कुवेतमा ४ हजार नेपाली महिला कामदार आन्दोलित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि कुवेत पुगेका ४ हजार भन्दाबढी नेपाली महिला कामदारहरुले कम्पनिविरुद्ध आन्दोलन गरेका छ। काठमाडौँको निलकमल ह्युमन रिसोसेज प्रालि मार्फत करिव एक बर्ष अघिमात्र कुवेतस्थित एक कम्पनीमा पुगेका थिए ।

मेनपावरलाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनीहरुलाई सुरु देखि नै सम्झौता अनुसारको तलव नदिएको मेनपावरले १६ घण्टा काम गरे बापत १५० कुवेती दिनार सम्झौता गरेर पठाएको भएपनि यहाँ आफूहरुलाई ८ घण्टा काम गरे बापत ७५ केडी मात्र दिएको उनीहरुले बताए । पछि त्यो कम्पनी बन्द भएपछि वेल अल नुसिफ ट्रेडिंग कम्पनीमा टान्सफर भएका थिए ।

नयाँ कम्पनीमा काम गरिरहँदा पनि कम्पनीले ९ महिनासम्म ७५ केडी तलव दिनु पर्नेमा त्यो पनि काटेर ५६र६० केडी मात्र दिएको संगीता थापाले जानकारी दिईन् । नयाँ कम्पनीमा काम गर्दै गरेको अवस्थामा कुवेती सिभिल आइडी लगाए बापत कम्पनीले २५६ केडी मागेपछि उनीहरु आन्दोलित भएका हुन्।

‘हामीले नयाँ कम्पनीलाई सिभिल आइडी लगाईदिए बापत ६र६ केडी दिईसकेका छौ, फेरि २५६ केडी माग्छ, त्यो पनि १५ दिन भित्रमा दिनुपर्ने रे, थापाले भनिन्’  ‘हाम्रो तलव मासिक ७५ केडी छ अनि १५ दिन भित्र २५६ केडी कहाँ बाट कसरी ल्याएर दिने ? फेरि अफिस जाँदा हामीले पैसा मागेको छैनौ भन्छ यहाँ मेनेजर चाँडो पैसा दिनु नत्र भने हवाई टिकट लाएर आउनु म पासपोर्ट दिन्छु नेपाल जानु भन्छ हामी के गर्ने ?’

‘फेरि हामीले नदिने भनेको पनि होइन एकै पटक होइन हरेक महिना १०-१५ केडी काट भन्दा पनि नमान्ने रे अब हामीसँग कम्पनी बिरुद्ध आन्दोलन गर्नु बाहेक अरु केहि रहेन, उनले थपिन्स अहिले कम्पनीले सिभिल आइडी पनि ब्लक गरीदिएको छ ।’

सोही कम्पनीको विभिन्न क्याम्पमा रहेका केहि कामदारहरुलाई विगत लामो समयदेखि तलव नदिएको र दिएपनि पाउनु पर्ने तलव नपाएको उनीहरुले गुनासो गरेका छन् । आफूहरु यहाँ नेपाली महिला मात्र ४ देखि ५ हजार जना भन्दाबढी रहेको उनीहरुले बताएका छन् ।

कम्पनीले श्रमशोषण गर्न लागेको थाहा पाएपछि आफूहरुले काम बन्द गरेर कम्पनी बिरुद्ध आन्दोलन गरेको उनीहरुले बताएका छन् । कम्पनी विरुद्ध नाराबाजी गर्दो अफिससम्म पुगेका उनीहरुलाई सोमबार साझ कुवेत प्रहरी पुगेपछि नियन्त्रण लिएको थियो ।

कम्पनीले प्रहरी बोलाएपछि सबैलाई केहि समय नियन्त्रणमा लिएर पछि धेरैलाई छोडेको भएपनि अन्य केहिलाई नछोडे केहि दिदीबहिनीलाई प्रहरीले कुटिपिट पनि गरेको उनीहरुले बताएका छन् । प्रहरीले छोडेपछि सबैलाई सन्त भएर बस्न र आफूहरुले कम्पनी मेनेजरसँग छलफल गरेर समस्या समाधान गर्ने भनेको पिडितहरुले बताए ।

आन्दोलन पछि अब उनीहरुले दुई वर्ष नभएकाले मेनेजरले मागेको पैसा नतिर्ने, ब्लक भएको सिभिल आइडी खोली दिनुपर्ने,कम्पनीले काम र समयमा तलव दिए काम गर्ने, नदिए कम्पनीले नै टिकट काटेर नेपाल फर्काउनु पर्ने उनीहरुको माग रहेको छ ।

आन्दोलन चलिरहेको बेला केहि साथीहरु त्यहाँस्थित नेपाली दूतावासमा गुहार माग्न गरेको भएपनि काम बन्द गरेर आन्दोलन गर्नु गलत भएको भन्दै केहि सहयोग नगरेको उनीहरुले आरोप लगाएका छन् ।

उनीहरुको समस्या बारे आफूहरु पनि जानकारी रहेको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतका अध्यक्ष रानाध्वज लामाले समस्या समाधानका लागि पहल भईरहेको बताए । ‘समस्या भएको सत्य हो दूतावाससँग समन्वय भईरहेको छ सम्भव त चांडै समस्या समाधान हुन्छ,अध्यक्ष लामाले भने।’

यस्तै बिनोद कुवंर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले पनि यो केश बारे अध्यान भईरहेकाले चांडै समस्याको हल हुने बताए । यसैगरी नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले पनि यो समस्या तुरुन्तै समाधान एनआरएनए कुवेत, त्यहाँ क्रियासिल विभिन्न संघ(संस्थाहरुलाई अनुरोध गरेका छन् ।

यता लामो समय देखि कुवेतमा बसेर विभिन्न बेथिति बिरुद्ध कलम चलाउदै आएका घनश्याम थापा मगरले पनि बढ्दो बेरोजगारीको कारण निलकमल मेनपावर मार्फत कुवेत आएका नेपाली चेलीहरुले दुई दिन देखि निरन्तर आन्दोलन गरिरहेको देख्दा दुख लागेको भन्दै तत्काल समस्या समाधान गर्न दूतावासलाई आग्रह गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै करिब ३ सय नेपाली चेलीबेटीहरुको ६० केडी तलव थपेर वार्षिक २५० देखि ४ सय केडीसम्म त्यही सेलरीबाट पैसा दिनुपर्ने गुनासो आएकाले सम्बन्धि मेनपावर लगायत सरोकार निकायहरुलाई खबरदारी गरिरहेको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : १२ बजे

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको