ज्यान मार्ने धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

ज्यान मार्ने धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । ज्यान मार्ने धम्की दिएर पैसा असुलेको आरोपमा प्रहरीले काठमाडौँको काँडाघारीबाट ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले काँडाघारीमा घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा पीडितलाई बोलाएर कुटपिट गरी धम्कीसमेत दिएर २० लाखको चेक र ८ लाख ५० हजारको कागज गर्न लगाएको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको साथै गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ४३ बजे

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका