७० गोही शहर छिरे, खोजी कार्य जारी « Khabarhub

७० गोही शहर छिरे, खोजी कार्य जारी


२६ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको एक शहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको छ ।

गत हप्ता दक्षिणी चीनमा आएको आँधीका कारण ठूलो वर्षा भएपछि हङकङ र अन्य क्षेत्रमा डुबान भएको थियो ।

गुआङडोङ प्रान्तको माओमिङ शहर वरपर बाढी र डुवान हुँदा एउटा व्यावसायिक गोही फार्म सञ्चालन गरिएको तालबाट ७० भन्दा बढी गोही भागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन कार्यालयमा फोनको जवाफ दिने एक व्यक्तिले मङ्गलबार एएफपीलाई बताएअनुसार अधिकारीहरूले सरीसृपको उद्धारका लागि काम गरिरहेका छन् ।

ती व्यक्तिले अझै कति जनावर खुला अवस्थामा छन् वा अहिलेसम्म कुनै पनि फेला परेका छन् कि छैनन् भन्नेबारे केही बताएनन् ।

राज्य समर्थित बेइजिङ न्यूजले प्रकाशित गरेको एक भिडियोमा रातो पोसाक लगाएका उद्धारकर्मीहरूले डुङ्गामा बाढीका कारण पानी भरिएका खेतमा गोहीको खोजी गरहेको देखाइएको छ ।

थप तस्बिरमा दुई मिटर लामो खस्रो जनावर सडकमा लडिरहेको र उनीका मुख रातो टेपले बाँधिएको देखिन्छ ।

“गोही अझै पनि पानीमा छन् र धेरै सरकारी विभागहरूले तिनीहरूलाई समात्ने काम गरिरहेका छन्,” चाइना नेशनल रेडियो (सीएनआर) ले स्थानीय कृषि ब्यूरोलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

“गोहीको निश्चित सङ्ख्या गणनासहित घटनाको अनुसन्धान भइरहेको छ,” सीएनआरले भनेको छ ।

गोहीलाई चीनमा छालाका साथै मासुका लागि पनि हुर्काइन्छ, जुन कहिलेकाहीं परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ ।

सीएनआरका अनुसार उक्त क्षेत्रमा ‘गोही थीम पार्क’ र ‘देशकै सबैभन्दा ठूलो गोही प्रजनन शिविर’ पनि रहेको छ ।

वेइबो सोसल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूले गोही तालबाट बाहिरिएको र तिनीहरूलाई नियन्त्रण गर्न तत्काल सरकारी अधिकारीको थप ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ६ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको