टिभिएसको विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक | Khabarhub Khabarhub

टिभिएसको विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक गरेको छ । मंगलबार सुरु भएको नाडा अटो शोमा टिभिएसले विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरूको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै शहरी दैनिकीमा गेम चेन्जरको रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।

स्कुटर सार्वजनिक समारोहमा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक एवम् प्रमुख कार्यकारी केएन राधाकृष्णनले आफ्नो कम्पनीले सधैँ नयाँ प्रविधिहरु अपनाउन अघि रहँदै आएको बताए । उनले आफ्नो कम्पनी विगत १० वर्षदेखि विद्युतीय सवारी साधनको प्रविधिमा लगानी गर्दै आएको पनि जानकारी दिए । टिभिएस नेपालको अग्रणी कम्पनी रहेको उल्लेख गर्दै उनले जगदम्बा मोटर्सले टिभिएस आईक्युबका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा टिभिएस मोटर कम्पनीको विद्युतीय सवारीसम्बन्धी वरिष्ठ उपाध्यक्ष मनु सक्सेनाले नेपालमा आईक्युब लन्च गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताउँदै भारतीय ग्राहकले रुचाएको यस स्कुटरलाई नेपालका सबै भूभाग र मौसमी अवस्थामा परीक्षण गरिएको बताए ।

त्यसैगरी, कार्यक्रममा जगदम्बा ग्रुपका अध्यक्ष शाहिल चौधरीले टिभिएसको नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा लन्च गर्न आउँदा आफूहरु धेरै खुशी भएको प्रतिक्रिया दिए । उनले नेपालमा विद्युतीय सवारीको प्रयोग बढिरहेको उल्लेख गर्दै टिभिएसले पनि नेपाली ग्राहकलाई विद्युतीय सवारी खरिदको विकल्प दिएको बताए । ४.४० किलोवाटको अधिकतम् पावर र एक सय ४० एनएमम्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पिड र एजिलिटी प्रदान गर्नेछ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ३४ बजे

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा काठमाडौंमा

ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ?

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी

राजेन्द्र लिङ्देन भन्छन् : ८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी

दासप्रथाका अवशेष अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण