पाकिस्तानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी चरम आर्थिक सङ्कटमा « Khabarhub

पाकिस्तानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी चरम आर्थिक सङ्कटमा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पीआईए चरम आर्थिक अभावबाट गुज्रिएको छ । विमान कम्पनीले २० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले उसले १५ वटा विमान नउडाउने जोखिम बढेको जियो न्यूजले जनाएको छ ।

यदि विमानहरू ‘ग्राउन्डेड’ भएमा ३० भन्दा बढी उडान स्थगित हुनेछन् जसले आम्दानी स्रोत घट्दा आर्थिक सङ्कटलाई बढाउने छ । इन्धन, फेडरल एक्साइज ड्युटी र ‘लिज’ (भाडा) रकम भुक्तानी समयमै नहुँदा १५ वटा विमान ग्राउन्डेड हुनसक्ने बाध्यात्मक परिस्थिति नआओस् भन्ने कामना सम्बद्ध अधिकारीहरूले गरेका छन् ।

नागरिक उड्डयन मन्त्रालयले पिआईएको पुनसंरचना गर्नु अति जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यस गर्न एक वर्ष लाग्ने बताएको छ तर, यो अवधिमा राष्ट्रिय ध्वजावाहकलाई सञ्चालन गर्नैपर्ने आवश्यकता रहेको जियो न्यूजले जनाएको छ ।

गत साता सरकारको सहयोगमा ब्याङ्कहरूले पीआईएलाई रकम उपलव्ध गराएपछि आफ्ना वित्तीय चुनौतिबाट क्षणिक राहत महसुस गरेको पीआईए पुनः समस्यामा परेको छ । यद्यपि प्राप्त रकम विमान र इन्जिन भाडाको लामो समयदेखिको बक्यौता, विदेशी विमानस्थलमा भएको खर्चको भुक्तानीहरू तिर्न प्रयोग गरिने जनाइएको छ ।

यसअघि पीआईएले भाडामा लिएका १३ वटा विमानमध्ये पाँच वटा ग्राउन्डेड गरेको थियो । पीआईएले करिब २३ अर्ब रुपैयाँ उपलव्ध गराउन सरकारसँग माग गरेको छ तर आर्थिक समन्वय समितिले त्यसलाई अस्वीकार गरेको थियो । गत जुलाईमा सङ्घीय राजस्व बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढी कर नतिरेको भन्दै राष्ट्रिय ध्वजावाहकको खाता रोक्का गरेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ४९ बजे

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी