इजरायलमा समस्यामा परेका नेपाली विद्यार्थीलाई आज नेपाल ल्याइँदै « Khabarhub

इजरायलमा समस्यामा परेका नेपाली विद्यार्थीलाई आज नेपाल ल्याइँदै


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ । 

नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् ।

विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने छ ।

निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९ः१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् । आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए ।

इजरायल सरकारले नेपाली विद्यार्थीको शव तत्काल हस्तान्तरण गर्ने अवस्था नदेखिएकाले केही समय कुर्नुपर्ने अवस्था देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ७ : २५ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले