हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा मान बढ्नेछ : प्रदेश प्रमुख शर्मा « Khabarhub

हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा मान बढ्नेछ : प्रदेश प्रमुख शर्मा


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताएका छन् ।

आज जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयदशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामी नेपालीका विभिन्नखाले चाडपर्व हुनु आफ्नै खालका मौलिकता हुन् । 

उनले यी मौलिकता, विशेषता अन्तर्राष्ट्रिय क्षेत्रमा जतिखेर प्रस्तुत हुन्छन् हाम्रो धार्मिक सहिष्णुता, जातीय सहिष्णुता, विविधता, संस्कृति, सांस्कृतिक विविधतालाई देखेर विदेशीले हाम्रो प्रशंसा गर्ने गरेको सुनाए। ‘हामीले हाम्रो संस्कृति, परम्परा, हाम्रा चाडपर्वलाई जोगाएर बचाएर तडकभडकभन्दा बाहिर निस्केर संस्कारलाई मात्रै ग्रहण गर्न सकेको खण्डमा भावी पुस्तामा हाम्रो संस्कृति र सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्नेछ भन्ने विश्वास लिएको छु’, प्रमुख शर्माले भने । 

उनले तीज दसैँ, तिहार, छठ, इद ल्होसारलगायतका विभिन्न जातीय पहिचानका पर्व यसरी नै खुसीका साथ मनाउँदै आएका र मनाउनु पनि पर्ने  बताए। आगामी दिनमा पनि हाम्रो संस्कृति धरोहरको झण्डालाई उँचो राख्नका लागि आग्रह गर्दै प्रमुख शर्माले यसले हामीलाई भावनात्मकरूपमा एकसूत्रमा बाँधेर नयाँ नेपालको निर्माण गर्ने सवालमा पक्कै पनि योगदान पुग्ने बताए । 

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य, प्रमुख जिल्ला अधिकारी, मकवानपुरका राजनीति दलका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १ : ४१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा