लाप्चे र जुम खोलाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण हुने « Khabarhub

लाप्चे र जुम खोलाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण हुने


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लो तटमा निर्माण हुने विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ ।

माथिल्लो तामाकोशीको आयोजनास्थल लामाबगरभन्दा माथिल्लो तटमा लाप्चे खोला, जुम खोला, अप्परलाप्चे र तामाकोशी लाप्चेलगायतका आयोजना पहिचान गरिएको छ । ती आयोजनामध्ये केही निर्माण सुरु हुने तयारीमा छन् भने केही आयोजना अध्ययनका क्रममा छन् ।

लामाबगरलाई हब बनाएर सबस्टेशन र प्रसारण लाइन निर्माणका विषयमा आज ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा स्थापित गरेको सार्थक उदाहरणलाई मध्यनजर गरेर थप प्रक्रिया अगाडि बढाउन सम्बद्ध निकायलाई आग्रह गरे ।

लाप्चे र जुम खोलमा पहिचान भएका आयोजनाका प्रवर्द्धकले छिट्टै परियोजना निर्माण सुरु गर्ने तयारी गरेका छन् । कुल एक सय ६० मेगावाट क्षमताको लाप्चे खोलामा दुगड समूहले लगानी गर्ने भएको छ । यस्तै अन्य आयोजना पनि छिट्टै निर्माणमा जाने भएकाले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउन मन्त्री बस्नेतले आग्रह गरे ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंह, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमलगायतको सहभागिता थियो । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यासकेड परियोजनाको रूपमा झण्डै एक सय मेगावाट क्षमताको तामाकोशी पाँचौँ निर्माणको प्रक्रियामा अगाडि बढेको छ । यस्तै रोलवालिङ खोला जलविद्युत् आयोजना पनि निर्माणको प्रक्रियामा लैजाने तयारीमा छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : ५१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा