विश्वकप क्रिकेट : अस्ट्रेलियासामु ३१२ रनको लक्ष्य | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियासामु ३१२ रनको लक्ष्य


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँआईसीसी विश्वकप, २०२३ अन्तर्गत अहिले  दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेल भइरहेको छ । दक्षिण अफ्रिकाले अस्ट्रेलियासामु जितका लागि तीन सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको लखनउमा जारी खेलमा टस हारेर दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गरेको हो । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै तीन सय ११ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले ।

 उनले एक सय छ बल खेल्ने क्रममा आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।

यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५,  रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई-दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक-एक विकेट लिए ।

अहिले अष्ट्रेलियाले तीन सय १२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : ५५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै

आज २०८० साल मंसिर १७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १७ गते आइतबार। ज्योतिष

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित