विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित « Khabarhub

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक

सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।
यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई/दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक/एक विकेट लिए ।

लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुआत राम्रो भएन । उसका लागि ओपनर मिचेल मार्सले सात र डेभिड वार्नरले १३ रन मात्रै बनाउन सके । अष्ट्रेलियाका लागि सबैभन्दा बढी मार्नस लाबुसनले ४६ रन बनाए भने मिचल स्टार्कले २७, कप्तान प्याट कुमिन्सले २२ र स्टेभन स्मिथले १९ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कासिगो रबडाले तीन विकेट लिए । साथै मार्को जानसन, केशव महाराजा, तबरेज शाम्सीले दुई/दुई विकेट लिए भने लुङ्गी निगिडीले एक विकेट लिए । जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकामा पहिलो नम्बरमा पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १० : १९ बजे

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला