विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित « Khabarhub

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक

सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।
यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई/दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक/एक विकेट लिए ।

लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुआत राम्रो भएन । उसका लागि ओपनर मिचेल मार्सले सात र डेभिड वार्नरले १३ रन मात्रै बनाउन सके । अष्ट्रेलियाका लागि सबैभन्दा बढी मार्नस लाबुसनले ४६ रन बनाए भने मिचल स्टार्कले २७, कप्तान प्याट कुमिन्सले २२ र स्टेभन स्मिथले १९ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कासिगो रबडाले तीन विकेट लिए । साथै मार्को जानसन, केशव महाराजा, तबरेज शाम्सीले दुई/दुई विकेट लिए भने लुङ्गी निगिडीले एक विकेट लिए । जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकामा पहिलो नम्बरमा पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १० : १९ बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न